ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

सोलुखुम्बु, पुस २५ । सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–२ बेनीमा सल्लेरीबाट जुनबेसीतर्फ उपभोग्य सामान लिएर जाँदै गरेको लु.३.त ३६६३ नंको ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका इन्चार्ज भेषबहादुर थापाले जानकारी दिए ।

आइतबार साँझ घटना भएको भएपनि प्रहरी तथा अन्यले आज बिहानमात्र जानकारी पाएका थिए ।

ट्र्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ । ट्र्याक्टर फाप्लुस्थित आङ ङिमा लामाको रहेको बुझिएको छ ।

रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: