रामहरि कार्की/काठमाडौं
नेपाल धितोपत्र वोर्डले माघ एक गतेदेखि देशभरका लगानीकर्ताले शेयरमा आवेदन दिँदा हितग्राही खाता (डिम्याट) अनिवार्य गरेको छ ।
माघ १, २०७३ देखि प्राथमिक शेयर निष्काशन (आइपिओ) मा आवेदन दिँदा राजधानी बाहिरका लागि समेत डिम्याट अनिवार्य गरेको हो । गत साउनबाट राजधानीमा मात्र लागू भएको यो नियम माघ १ देखि देशभर लागु हुने भएकाले राजधानी बाहिरका लगानीकर्तालाई डिम्याट खाता खोल्न धितोपत्र बोर्डले आग्रह गरेको छ ।
प्राथमिक सेयर भर्दा नपरेको पैसा, आंशिक रुपमा पर्दा फिर्ता हुने पैसा र नगद लाभांश समेत लगानीकर्ताको बैंक खातामा जाने व्यवस्था भएकाले लगानीकर्ताले डिम्याट खाता खोल्दा अनिवार्य रुपमा आफ्नो बैंक खाता उपलब्ध गराउन बोर्डले आग्रह गरेको छ । यसका लागि सिडिएस एण्ड क्लियरिङ लिमिटेडले पुस १२ मा सूचना जारी गरि लगानीकर्तालाई डिम्याट खातावालहरुलाई बैंक खाता उपलब्ध गराउन आग्रह गरेको थियो ।
माघ १ देखि आस्वा प्रणाली लागु हुने र यस सेवा दिन वाेर्डबाट अनुमति पाएका बैंकहरु मार्फत सेवा लिई लाभान्वित हुन लगानीकर्तालाई बोर्डले अनुरोध गरेको छ । हालसम्म १७ वटा बैंक तथा वित्तीय संस्थाले (एप्लिकेशन सपोर्ट बाई ब्लक एमाउण्ट) आस्वा सेवा दिने अनुमति पाएको बोर्डले जनाएको छ । अन्य बैंक तथा वित्तीय संस्थाहरु समेत अनुमति लिने क्रममा रहेको जनाइएको छ ।
पढ्नुस् सूचना