बलिउडबाट हलिउडमा अवार्ड लिन उत्साहित हुँदै प्रियंका

बलिउड क्षेत्रमा चर्चित अभिनेत्री प्रियंका चोपडा रेड कार्पेटमा बढी आकर्षित देखिएकी छिन् । उनको पहिरनदेखि स्टाइलको मामिलामा सधैं सजग रहने गर्छिन्।

बलिउड क्षेत्रमा सधैं अवार्ड लिने गरेकी प्रियंका चोपडा अहिले हलिउड क्षेत्रतिर अवार्ड लिने उत्साहित देखिन्छन् ।

अमेरिकाको लस एन्जल्समा आयोजित ‘गोल्डेन ग्लोब्स २०१७’ को रेड कार्पेटमा बलिउड सुन्दरी हट बनेर पुगिन् ।

अवार्ड आयोजना हुनुभन्दा २ दिन अगाडि चोपडा कस्तो पहिरन लगाउने भन्ने बिषयमा चिन्तित थिइन् । राल्फ लाउरेनले तयार पारेको पहिरनमा उनी सेक्सी मात्र देखिइनन्, सबैको नजरमा पनि परिन् ।

हलिउडका थुप्रै सुन्दरीहरुको विचमा आकर्षक देखिनु बलिउड सुन्दरीका लागि आफैमा चुनौती थियो ।

उनले रेड कार्पेटमा आफ्ना फ्यानलाई फुलाइङ किस पनि गरिन् । उनको पहिरनमा डाइमण्ड पनि जोडिएको थियो ।

अंग्रेजी सिरियल र हलिउड चलचित्रमा काम गरेपछि चोपडा अहिले पश्चिमा देशमा पनि चर्चित छिन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: