एमालेको सहमतिमै संशोधन प्रस्ताव टेबल गरिएको प्रधानमन्त्रीको भनाई

चितवन, पुस २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले एमालेको सहमतिमै संविधान संशोधनको प्रस्ताव टेबल गरेको बताएका छन् ।
चितवन महोत्सवको उद्‌घाटन तथा विभिन्न कार्यक्रममा सहभागी हुन आएका प्रधानमन्त्रीले प्रेस सेन्टर चितवनले सोमबार भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै बाहिर कुरा आएजस्तो जबरजस्ती नभई एमालेसँगकै सहमतिमा संशोधनको प्रस्ताव टेबल गरिएको प्रष्ट्याए ।

‘एग्री टु डिसएग्री अनुसार संसदमा एमालेले अवरोध गरेको हो । संयुक्त सरकार भएपछि केही अप्ठ्याराहरु अवश्य हुन्छन् । हामीले एडजस्ट गर्नुपर्ने अवस्था आइपर्छ । त्यही एडजस्ट गरेको मात्रै हो ।’

याे पनि पढ्नुस  सहिद स्मारक पुगेर प्रधानमन्त्रीले दिए शहीदहरूलाई श्रद्धाञ्जली

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको ‘वान टु वान’ वार्तामा समझदारी कायम गर्दै अघि बढ्ने सहमति भएको उनले दाबी गरे । बाहिर आएको जस्तो एमालेसँग कुनै असमझदारी नभएको प्रचण्डको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले भने– ‘संशोधनको प्रस्ताव टेबल गर्नुअघि केही प्रमुख नेताहरुलाई सभामुखले बोलाइसकेपछि छलफल भएको थियो । यसपछि एमाले अध्यक्ष ओलीजीसँग आफ्नो एक घण्टा छलफल गरेको र विषयमा सहमति नबनेपनि प्रक्रिया अगाडि बढाउनेमा सहमति भएपछि प्रस्ताव पेश गरिएको हो ।’

याे पनि पढ्नुस  एउटै मञ्चमा बैद्य, प्रचण्ड र बाबुराम, कुलमानलाई सम्मान गर्दै प्रचण्डले भने–‘मेरो सपना पूरा गर्नुभयो बधाई’

देशलाई समझदारी साथ अगाडि बढाउन र संविधान कार्यान्वन गर्न ओलीजीसँग गम्भीरतापूर्वक साथ कुराकानी भएको बताए ।

‘कुनै न कुनै उपाय खोजेर यो स्थितीलाई अगाडि बढाउने र देशलाई निर्वाचनतिर लैजाने भएकोले यो चाँडै नै टुगिन्छ,’ उनले भने– अब टुङ्गयाएर निर्वाचनमा जाने तयारीमा छौं ।’
उनले पहिला जस्तो हतारमा कुनै काम नगर्ने बताए । ‘विगतमा हतारमा निर्णय गर्दा जनताको काम गर्न सकिएको थिएन, जनताको काम गर्न सत्तामा पुगेको छु अब हतार गरेर निर्णय गर्दिन’ उनले भने ।

याे पनि पढ्नुस  नेपालमा ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

‘जबसम्म देशका समस्या थाँती रहन्छन् त्यसलाई समाधान गरेर मात्र छाड्छु ।’ उनले पुरक बजेटको पनि कुरा अगाडि बढेको र चितवनलाई लक्षित गरेर महत्वपूर्ण प्याकेज ल्याउने घोषणा गर्ने बताए ।

कमेन्ट गर्नुहोस्