परराष्ट्रमन्त्री महत आज कतार जाँदै

काठमाडौँ, पुस २६ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत कतारका विदेशमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान बिन जसिम अल–थानीको निमन्त्रणामा मङ्गलबार त्यसतर्फ जाँदै छन् ।

तीनदिने भ्रमणका क्रममा उनले आफ्ना समकक्षीसँग बुधबार दोहामा द्विपक्षीय भेट गर्नेछन्। पराष्ट्रमन्त्री डा महतले कतारका अमिरसँग भेट गर्नाका साथै त्यहाँका श्रममन्त्रीसँग पनि छलफल गर्ने कार्यक्रम छ। मन्त्री डा महतले दोहामा रहेका नेपाली समुदायसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले  जनाएको छ ।

परराष्ट्रमन्त्रीका साथ सचिव शङ्करदास वैरागी, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव र परराष्ट्र मन्त्रालयका अन्य अधिकारी रहनेछन् ।  मन्त्री डा महत त्यहाँबाट गैरआवासीय सङ्घ अमेरिकाको पाँचौँ साधारणसभामा प्रमुख अतिथिका रुपमा भाग लिन बिहीबार अमेरिका जानेछन् । उनी आगामी माघ ३ गते नेपाल फर्कनेछन्। रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: