अनलाईन आवेदन खुलेको पहिलो दिनमै २४ करोडको लगानी प्रतिवद्धता

काठमाडौं, पुस २५  । ऊर्जा मन्त्रालयले जलविद्युत आयोजनामा अनलाईन मार्फत माग गरेको लगानी प्रतिवद्धतामा उत्साहजनक सहभागिता देखीएको छ । अनलाईन आवेदन खुला गरेको पहिलो दिन अर्थात सोमवार राती ८ बजेसम्म ४ हजार ६ सय ४३ जनाले जलविद्युत आयोजनामा लगानी प्रतिवद्धता जनाएको उर्जा मन्त्रालयले जनाएको छ ।

यस बाहेक ३ वटा कम्पनीले अनलाईन आवदेन भरेका छन् । पहिलो दिन नै व्यक्तिगत तर्फ २४ करोड ६२ लाख ६३ हजार ६ सय १५ रुपैया रकमको प्रतिवद्धता आएको छ । यस्तै कम्पनीतर्फ १ करोड ११ लाख २५ हजार रकमको प्रतिवद्धता आएको छ । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले अघि सारेको नयाँ कार्यक्रम ‘नेपालको पानी जनताको लगानी’ अन्तरगत सोमवारदेखि अनलाईनमार्फत लगानी प्रतिवद्धता माग गरिएको थियो ।

सोमबार भएको कार्यक्रममा उर्जामन्त्री शर्माले वेबसाईटको उद्घाटन गर्दै अनलाईबाट लगानी प्रस्तावको सुरुवात गरेका थिए । उर्जामन्त्री शर्माले  ‘शेयर लगानी प्रतिबद्धता आह्वान’ गर्नका लागी वेभसाईड निर्माण गरेको बताएका थिए । उनले  यसबाट लगानीको सुनिश्चितता भएपछि विभिन्न आयोजनाहरु शुरु गरिने बताएका थिए ।

 

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: