बुधबारदेखि एनएलआइसीको एफपिओ खुल्ने

काठमाडौं, पुस २६ । नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी(एनएलआइसी) ले बुधबारदेखि फर्दर पब्लिक अफरिङ (एफपिआ)े निष्काशन गर्ने भएको छ । कम्पनीले ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपिओ निष्काशन गर्न लागेको हो ।

अंकित मूल्य १०० रुपैयाँमा १३२५ प्रिमियम थपेर कम्पनीले प्रतिकित्ता १४ सय २५ मा एफपिओ निष्काशन गर्न लागेको हो ।

कम्पनीको शेयरमा न्युनतम १० कित्ता (१४ हजार २५० रुपैयाँ) देखि अधिकतम ३० हजार (६० कित्ता (४ करोड ४१ लाख १८ हजार रुपैयाँ) सम्म आवेदन गर्न पाईने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

यो निष्काशनपछि कम्पनीको शेयर संरचना ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधरणको हुनेछ । हाल २ अर्ब १६ करोड ७५ लाख चुक्तापूँजी भएको कम्पनीको एफपिओ निष्काशनपछि चुक्तापूँजी २ अर्ब ४७ करोड ७१ लाख ४२ हजार ९ सय पुग्नेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: