पुस २६ । फिफा वर्ष खेलाडीको अवार्ड जितेपछि क्रिष्टियानो रोनाल्डोले खेल जीवनमा आफ्ना लागि यो वर्ष उत्कृष्ट वर्ष रहेको घोषणा गरेका छन् ।
ज्युरिचमा भएको अवार्ड वितरण समारोहमा पोर्चुगल तथा रियल मड्रिडका स्ट्राइकर रोनाल्डोले अवार्ड लिएपछि रोनाल्डोले आफ्ना लागि वर्ष २०१६ आफ्ना लागि उत्कृष्ट रहेको बताएका छन् । उनले यसअघि पनि वर्ष २०१६ लाई २०१६ लाई धेरै ठाउँमा लक्की रहेको बताउँदै आएका थिए ।
राष्ट्रिय टिमबाट युरोकप २०१६ को उपाधि जित्नु ठूलो सफलता रहेको उनले बताए ।
‘यो उपाधी पोर्चुगलका लागि पहिलो उपाधि हो र म त्यसको माध्यम बन्न पाएँ । यसले यो वर्ष निकै विशेष बन्यो’– उनले भने । यस्तै रियल मड्रिडबाट च्याम्पियन्स लिग र क्लब वर्ल्ड कपको उपाधि जित्नु पनि निकै उत्कृष्ट रहेको उनको भनाई छ ।
उनले भने – मैले फुटबल खेल्न थालेदेखि कै यो वर्ष कुनै शंका बिना नै सबै भन्दा उत्कृष्ट वर्ष हो ।’
आफू फुटबलको इतिहासमा विशेष बनेर रहन पाउँदा निकै खुशी लागेको रोनाल्डोले बताए ।
फिफाले प्रदान गरेको अवार्ड पहिलो पटक आफू निकै उत्साहित भएको रोनाल्डोको भनाई छ । रोनाल्डोले लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानलाई पछि पार्दै अवार्ड जितेका हुन् ।