वर्षकै उत्कृष्ट खेलाडी बने रोनाल्डो

पुस २६ । फिफा वर्षको उत्कृष्ट खेलाडी क्रिष्टियानो रोनाल्डो बनेका छन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान गरेको बेष्ट फिफा फुटबल अवार्ड रोनाल्डोले जित्दै उनी विश्वको उत्कृष्ट खेलाडी बन्न सफल भएका हुन् ।

ज्युरिचमा भएको कार्यक्रममा रोनाल्डोले मेस्सीलाई पछि पार्दै अवार्ड उचाल्न सफल भएका हुन् ।

याे पनि पढ्नुस  फिफाद्वारा पाकिस्तान फुटलब संघ निलम्बित

गत महिना फ्रान्सेली फुटबल म्यागजिनले प्रदान गरेको बालोन डी’ओर अवार्ड जितेका रोनाल्डोले अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी र फ्रान्स तथा एथ्लेटिको मड्रिडका खेलाडी एन्टोनी ग्रिजम्यानलाई पछि पार्दै फिफा वर्ष खेलाडी बनेका हुन् ।

गत वर्ष पोर्चुगललाई युरोकप २०१६ तथा रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन रोनाल्डोले महत्वपूर्ण भूमिका खेलेका थिए ।

याे पनि पढ्नुस  नेपाल फिफा वरियतामा यथावत्

फिफाले यो वर्ष राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा छानिएका खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गरेको हो ।

विगतमा विश्व फुटबलको प्रशासकीय निकाय फिफा र फ्रान्सेली फुटबल म्यागजिनको सहकार्यमा फिफा बालोन डी’ओर प्रदान गरिँदै आएकोमा यस वर्ष भने तिनीहरु छुट्टिएर अलग अलग अवार्ड प्रदान गरेका थिए । तर दुवैमा अवार्ड रोनाल्डोले जिते । अवार्ड जितेपछि रोनाल्डोले भने यो वर्ष मेरो अहिलेसम्मकै उत्कृष्ट रहेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्