ज्वाई ससुरा मिलेर अमेरिका हाँक्ने

पुस २६ । नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसको वरिष्ठ सल्लाहकारमा आफ्ना ज्वाइँलाई राख्ने निर्णय गरेपछि अब ससुरा ज्वाई मिलेर अमेरिका हाँक्ने भएका छन् ।

राष्ट्रपतिको वरिष्ठ सल्लाहकार रहने गरी ज्वाईं जारेड कुशनरलाई ट्रम्पले नियुक्ति दिइने निर्णय ट्रम्पले गरेका हुन् ।

नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा ससुरा ट्रम्पलाई राष्ट्रपतिमा जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका ३५ वर्षीय कुशनरले ह्वाइटहाउसमा रहेर आन्तरिक र वाह्य नीतिसम्बन्धि काम हेर्ने खबरहरुमा उल्लेख छ ।

यो नियुक्तिका लागि सिनेटले स्वीकृत दिनु पर्दैन । वरिष्ठ सल्लाहकारमा नियुक्त भएपछि कुसनरले कुनै तलब भत्ता नलिने बताए ।

यद्यपि, आलोचकहरुले भने यसरी सरकारी नियुक्तिमा आफ्ना नातेदारलाई नियुक्त गर्नु अमेरिकी भाइभतिजावाद कानूनको उल्लंघन हुने पनि बताएका छन् । कुसनर ससुरा ट्रम्पजस्तै घर जग्गा व्यवसायी हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: