काठमाडौं, पुस २६ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद प्रकाश ज्वालाले पुष २७ गते सार्वजनिक बिदा दिन माग गरेका छन् । मंगलबारको व्यवस्थापिका संसदको शून्य समयमा बोल्दै सांसद ज्वालाले पुस २७ गते राष्ट्रिय एकता दिवस एवम् पृथ्वीनारायण शाहको जन्म जयन्ती भएकोले सरकारले सार्वजनिक बिदा दिनुपर्ने उनले बताए ।
उनले राष्ट्रनिर्माताका रुपमा रहेका पृथ्वीनारायण शाहको सम्झनामा बिदा दिइनुपर्ने बताए ।
पृथ्वीनारायण शाह राजामात्र नभएर राष्ट्रनिर्माता पनि भएको बताउँदै भने,‘टुक्राटुक्रामा विभाजित नेपाल एकीकरणमा उनको योगदानलाई बिर्सन मिल्दैन। सरकारले जसरी हुन्छ भोलि सार्वजनिक बिदा घोषणा गरोस्,’ ज्वालाले भने ।