अनलाइनबाट हाइड्रोमा लगानी गर्नेको भीड, ६० करोड लगानी जुट्यो

काठमाडौं, पुस २६ । जलविद्युत आयोजनामा लगानी गर्न अनलाईन मार्फत माग गरेको आवेदनमा दास्रो दिनसम्म उत्साहजनक प्रतिवद्धता प्राप्त भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
मंगलवार अपरान्ह ४ बजेसम्म ५८ करोड लगानी प्रतिबद्धता आएको ऊर्जा मन्त्रालयले जनाएको हो । मंगलबार ३२६४ आवेदकले १८ करोड ७० लाख ३० हजार ६५ रुपैया लगानी गर्ने प्रतिवद्धता जनाएका हुन् ।
यस्तै व्यक्तिगत आवेदकको संख्या पनि बढ्दै गएको मन्त्रालयले जानकारी दिएको छ ।

सोमबार र मंगलबार दुईदिन गरेर ९,१६५ जनाले ५५ करोड १८ लाख ६९ हजार ४ सय ८० रुपैंया हाइड्रोमा लगानी गर्ने उल्लेख गरेका छन् ।

यस्तै कम्पनीतर्फ ६ वटा कम्पनीले २ करोड ४६ लाख २५ हजार रुपैंया लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।

हालसम्मको कुल लगानी प्रतिवद्धता रकम ५७ करोड ६४ लाख ९४ हजार ४ सय ८१ रुपैया रहेको उर्जामन्त्री जनार्दन शर्माले बताए ।
अनलाईन
सोमबारमन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उर्जामन्त्री शर्माले वेबसाईटको उद्घाटन गर्दै अनलाईबाट लगानी प्रस्तावको सुरुवात गरेका थिए ।
अनलाईन सुरुवात गरेकै दिन व्यक्तिगत तर्फ साढे २६ करोड रुपैयाँको प्रतिवद्धता आएको मन्त्रालयले जानकारी दिएको थियो । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले अघि सारेको नयाँ कार्यक्रम ‘नेपालको पानी जनताको लगानी’ अन्तरगत सोमवारदेखि अनलाईनमार्फत लगानी प्रतिवद्धता माग गरिएको थियो ।

उर्जामन्त्री शर्माले ‘शेयर लगानी प्रतिबद्धता आह्वान’ गर्नका लागी वेभसाईड निर्माण गरेको बताएका थिए । उनले यसबाट लगानीको सुनिश्चितता भएपछि विभिन्न आयोजनाहरु शुरु गरिने बताएका थिए ।
पहिलो दिन अर्थात सोमवार राती ८ बजेसम्म ४ हजार ६ सय ४३ जनाले जलविद्युत आयोजनामा लगानी प्रतिवद्धता जनाएको उर्जा मन्त्रालयले जनाएको छ ।

यस बाहेक ३ वटा कम्पनीले अनलाईन आवदेन भरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: