माघे सङ्क्रान्तिमा भगवती वरालडाँडामा दर्शन गर्नेको घुइँचो

पोखरा, पुस २७ । कास्कीको सैमराङ गाविस–८ र ९ को बीचमा पर्ने भगवती वरालडाँडामा माघ १ र २ गते माघे संक्रान्ति मेला सुरु हुने भएको छ ।

‘वरालडाँडा जाऔँ, भगवती माईको दर्शन गरौँ’ भन्ने मूल नाराका साथ वरालडाँडा तमु समाजको आयोजनामा हुन लागेको सो मेलामा गाविस स्तरीय पुरुष भलिबल प्रतियोगिता, दोहोरी लोकगीत प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रम र छेलो हान्ने प्रतियोगिता गरिने समाजका अध्यक्ष चीनबहादुर गुरुङले जानकारी दिए ।

भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले रु.२५ हजार र द्वितीय हुने टोलीले रु १५ हजार पुरस्कार पाउने बताइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: