वाशिङ्टन, पौष २७ । आफ्नो ८ वर्षको कार्यकाल पुरा गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले विदा लिने घोषणा गरेका छन् । केही दिनपछि नै नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाका नयाँ राष्ट्रपति हुने छन् ।
“यो त लेम डक राष्ट्रपति (जाँदै गरेको शक्ति नभएको) हो, यसको कुरा नि कसले सुन्ला र ?” भन्ने वाक्यबाट ओबामाले आफ्नो विदाई भाषण शुरु गरेका थिए ।
लोकतान्त्रिक मूल्यहरु स्थापित गर्दै आम अमेरिकी जनताका लागि आफ्नो कार्यकालमा उल्लेख्य काम गरेको बताउँदै ओबामाले आफ्ना अन्तिम विदाई भाषणमा कैयन् महत्वपूर्ण कुरा गरे ।
आफैले लेखेको भाषण पढ्दै राष्ट्रपति ओबामाले अमेरिकामा रहेका मुस्लिम, अप्रवासीको अधिकारका पक्षमा काम गरेको उल्लेख गरे । “हामीले नस्लीय विभेद अन्त्य गर्नु अझै बाँकी छ । अमेरिकामा बस्ने सबैलाई यो देश प्यारो लाग्न अझै धेरै गर्नु छ ।” उनले भने ।
आतंकवादका विरुद्ध आफ्नो कार्यकाल सफल भएको दावी गरे ओबामाले उनले भने, “ओसामा बिन लादेनलगायत सयौं आतंकवादीलाई मार्यौं” इराकबाट अमेरिकी सेना फिर्ता बोलाइयो, इरान र क्युबासँग सम्बन्ध सुधार भयो ।”
ओबामाले आफ्नो भाषणमा लोकतान्त्रिक मूल्यहरुका बारेमा कुरा गरे । लोकतन्त्रको अर्थ सबैले समान अधिकार पाउनुपर्ने उनको जिकिर थियो । ओबामाले भने, “म सामान्य नागरिक भएर यहाँ आएको थिए, अमेरिकामा अहिले पनि कैयन् सामान्य नागरिक छन्, उनीहरुको उल्लेख इतिहासमा कतै छैन । तर म विश्वस्त छु, हामी अमेरिकामा साँचो लोकतन्त्र स्थापना गर्न सक्छौं जहाँ यी सामान्य नागरिकको नाम इतिहासमा लेख्न सकिने छ।”
आफ्नो कार्यकालमा स्वास्थ्यलगायत रोजगारका क्षेत्रमा आम अमेरिकी जनतालाई राहत हुने काम गरेपनि त्यसको बिरोध भएकोमा उनले असन्तुष्टी व्यक्त गरे । आर्थिकरुपमा कमजोर भएकाहरुलाई दिइने सहयोगको बिरोध गर्नु तर कर्पोरेटहरुलाई दिइने छूटको समर्थन गर्नु गलत भएको उनले बताए ।
ओबामा हलमा आउनेबित्तिकै उनको सम्मानमा दर्शकहरु उभिएका थिए । चारैतिर ताली गुञ्जयमान भइरहेको थियो । कतिपय समर्थकहरुले उनले बोल्दै गर्दा लभ यू ओबामा भन्दै चिच्याएको सुनिन्थ्यो ।
उनले भने, “२० वर्ष अघि सिकागो आएको थिए र अहिले पनि म को हुँ भनेर बुझ्ने कोशिश गरिरहेको छु ।”
कानुनमात्रै पर्याप्त नहुने बरु जनताको मन मिल्नुपर्ने र त्यसका लागि काम गर्नु नै सही अर्थमा लोकतन्त्र हुने उनले दोहोर्याए ।
राष्ट्रपति बाराक ओबामाको भाषणको पूर्ण पाठ (सिएनएनबाट साभार)
It’s good to be home. My fellow Americans, Michelle and I have been so touched by all the well-wishes we’ve received over the past few weeks. But tonight it’s my turn to say thanks. Whether we’ve seen eye-to-eye or rarely agreed at all, my conversations with you, the American people — in living rooms and schools; at farms and on factory floors; at diners and on distant outposts — are what have kept me honest, kept me inspired, and kept me going. Every day, I learned from you. You made me a better President, and you made me a better man.