न्यूयोर्क, एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामाले यही २० जनवरीमा व्हाइट हाउस छोडिरहेका छन् । नेपालमा भएको भए उनी फेरी पार्टी राजनीतिमा लाग्थे होलान् तर अमेरिकी परम्परा नै भनौं, राष्ट्रपति पद छोडनु अगाडि नै ओबामालाई दर्जनौं ठाउँबाट जागिरको अफर आएको छ ।
९१ हजार करोड मूल्यको कम्पनीबाट अफर
हालैमात्र स्वीडेनको म्यूजिक स्ट्रिमिङ कम्पनी ‘स्पटिफाइ’ले राष्ट्रपति ओबामालाई जागिरका लागि औपचारिकरुपमा लेखेको एजेन्सीहरुले उल्लेख गरेका छन् । कम्पनीका सिइओले जब भ्याकेन्सीको सूचना ओबामालाईदिएका हुन ।
कम्पनीले प्रेसिडेन्स अफ प्लेलिष्ट पदका लागि आवेदन मागिएको जनाएको छ ।
५५ वर्षीय ओबामाले केही दिन अगाडि जिस्किने मूडमा स्पटिफाई कम्पनीमा काम गर्न खोजेको बताएका थिए ।
यो जागिरका लागि ८ वर्ष राष्ट्रपति कार्यकाल सम्पन्न गरेको र शान्तिका लागि नोबेल पुरस्कार पाएको हुनुपर्ने उल्लेख छ । यसबाहेक जोशिलो भएर प्रस्तुती गर्न सक्ने, मैत्रीपूर्ण व्यवहार भएको जस्ता अन्य पक्ष पनि राखिएका छन् । कम्पनीमा गीतहरुको प्लेलिष्ट बनाउनुपर्ने मुख्य काम रहेको छ । यो कम्पनी अमेरिकाको रिकर्डेड म्यूजिक इण्डष्ट्रि भन्दा ठूलो रहेको छ । २००६ मा शुरु भएको यो कम्पनीले २० देशमा ५० भन्दा बढी भाषामा काम गर्ने गर्छ । यसका १० करोड भन्दा बढी अनलाईन एक्टिभ युजर रहेका छन् । ओबामाले आफूलाई मन पर्ने गीत यही स्फटिफाईको माध्यमबाट साझा गर्दै आएका छन् ।