मोरङमा तीस वटामध्ये पाँचवटा पुलको निर्माण सम्पन्न

मोरङ, पुस २७ । मोरङका पाँचवटा खोलामा पक्की पुल निर्माण सम्पन्न भएका छन् ।

जिविस मोरङले विराटनगरको सिंघिया, रङ्गेलीको घाँगी, राजघाटको कट्नुु र टङ्किसिनवारीको खदरा खोलामा पुुल निर्माण गरेको छ ।

जम्मा रु.नौ करोडभन्दा बढीको लागतमा ती सबै पुुल निर्माण सम्पन्न गरेको जिविसका इन्जिनियर घनश्याम दाहालले जानकारी दिए ।

दुुईदेखि तीन वर्षभित्रमा ती सबै पुल निर्माण सम्पन्न गरिएको दाहालको भनाइ छ ।

यसैगरी, जिविसले साना–ठूला गरी ३० वटा पुुल निर्माण गरिरहेकोमा त्यसमध्ये पाँचवटा पुुलको निर्माण कार्य भर्खरै सम्पन्न भएको र बाँकी पुुलको निर्माण कार्य अन्तिम चरणमा पुुगेको इन्जिनियर दाहालले बताए ।

एक वर्षभित्र सबै पुुलको निर्माण कार्य सम्पन्न हुुने जिविसले जनाएको छ ।

कमेन्ट गर्नुहोस्