जनकपुर उप-महानगरपालिकाको बजेट साढे एक अर्व

जनकपुरधाम, पुस २८ । जनकपुर उप–महानगरपालिकाको तेस्रो नगर परिषद बैठकले १ अर्व ३६ करोड ४५ लाख २७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।

एकीकृत सहरी विकास आयोजनाका लागि ९२ लाख र जनकपुर उपमहानगरपालिका भित्रको विकास आयोजनाका लागि ४४ करोड, ४५ लाख २७ हजार रुपैयाँ बजेट विनियोजना गरेको हो।

याे पनि पढ्नुस  प्रहरीकै पेस्तोल लुटेर तस्कर फरार

उपमहानगरपालिकालाई धार्मिक नगरीको रुपमा विकास गर्ने लक्ष्यका साथ आगामी वर्षको बजेट विनियोजना गरिएको जनकपुर उपमहानगर पालिकाका प्रमुख कार्यकारी अधिकृत पुण्यप्रसाद लुईटेलले जानकारी दिए।

जनकपुर उपमहानगरपालिकाले नगरको सांस्कृतिक, धार्मिक एवं पर्यटकीय महत्वलाई झल्काउने लक्ष्य राख्दै यसको समग्र विकास प्रक्रियालाई गति दिँदै आएको दावी पनि गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्