विप्लव माओवादीले पार्टीको नाम फेर्ने !

रोल्पा, पुस २८ । विप्लव नेतृत्वको नेकपा माओवादीले पार्टीको नाम फेर्ने तयारी गरेको छ । मोहन बैद्य नेतृत्वको माअोवादीबाट फुटेको उसले धेरै माअोवादी भएकोले पार्टीको नाम नै फेर्ने तयारी गरेको रोल्पा जिल्ला सेक्रेटरी दलबहादुर खत्रीले बताए ।

माओवादी भन्दा प्रचण्डले नेतृत्व गरेको पार्टीलाई बुझ्ने र नाम पनि पुरानो भएकाले पार्टीभित्र नाम परिवर्तन गर्ने बहस सुरु भएको उनले बताए ।

याे पनि पढ्नुस  विप्लव माओवादीको महाधिवेशन उद्घाटन सत्र जारी, केहीबेरमा विप्लवले सम्बोधन गर्ने

नाम फेर्ने बारे पार्टीभित्र बहस सुरु भएको उनले स्वीकारे । तर, यसको टुङ्गो भने आगामी फागुन १ गते बस्ने महाधिवेशनले टुङ्ग्याउने उनले बताए । विप्लव माओवादीको फागुन १ गतेदेखि आठौं महाधिवेशन काठमाडौं र रोल्पामा हुँदैछ ।
उनले भने–
‘अहिले पनि हाम्रो पार्टीको नामभन्दा पछिबाट विप्लव समूहको माओवादी भन्ने गरिन्छ ।’ पार्टीको पछाडि व्यक्तिको नाम जोड्नु राम्रो होइन, तर नेपालमा जोड्ने परम्परा बसेकोमा आफ्नो पार्टीले नयाँ थालनी गर्न खोजेको उनले जानकारी दिए ।

याे पनि पढ्नुस  माओवादी बन्दसत्र : जनक्रान्तिमा होमिन नेतृत्वलाई दबाब

‘हाम्रा पार्टीका महासचिव विप्लवले कम्युनिष्ट पार्टी भनेको साझा हुनुपर्छ अहिले हाम्रो पार्टीमा व्यक्तिको नाम झुण्डाउने गरिएकोले पार्टीको नाम फेर्नुपर्छ भन्नुभएको छ,’ उनले भने ।

विप्लवले मार्क्स विचारमा केही थप गरी नयाँ जनवादी क्रान्ति सुरु गर्ने तयारी गरेको छ । यो विषयमा थप निर्णय आगामी ८ औं महाधिवेशनको बन्द सत्रले गर्ने उनले बताए ।

कमेन्ट गर्नुहोस्