तरकारी उत्पादनमा कमी हुँदा महँगी बढ्दो

काभ्रे, पुस २८ । तरकारी उत्पादनमा कमी आएको छ । चिसो मौसममा कृषकले बेमौसमीरुपमा तरकारी खेती कम गर्ने हुँदा तरकारीको उत्पादनमा कमी आएको हो ।

उग्रचण्डी नालास्थित उग्रचण्डी तरकारी बजारमा तरकारी किसानभन्दा व्यापारीको संख्यामात्रै बढेको छ । तरकारी उत्पादनमा कमी आएपछि मूल्यवृद्धि भएको स्थानीय व्यापारी सहदेव दाहालले बताएको छ ।

तरकारीको मौसममा दैनिकरुपमा करिब ५०० किसानले तरकारी ल्याउने गरेका थिए । तर अहिले दैनिक ५० जनाको हाराहारीमा मात्र तरकारी बिक्री गर्न आउने गरेका छन् ।

कालीमाटी तरकारी बजारमा भन्दा यहाँ किसानले तरकारीको मूल्य बढी पाउने गरेका छन् । उग्रचण्डी कृषि बजारमा अन्य बजारमा भन्दा राम्रै व्यापार हुने गरेको अर्का स्थानीय व्यापारी सुन्दर पराजुली बताएको छ ।

जाडो मौसममा सिँचाइको अभाव हुने हुँदा उत्पादनमा कमी आएको स्थानीय कृषक सरस्वती बजगाईंले बताए । तरकारीको उत्पादन अनुसार बजार मूल्य नपाएको उनले गुनासो गरे ।

‘बजारमा व्यापारीको हारालुछ नै चल्छ, तर भने अनुसारको मूल्य दिँदैनन्,’ उनले भने । दिनरात तरकारी खेतीमा नै लाग्दा पनि लगानी अनुसारको मूल्य पाउन नसकेका किसान बताउँछन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: