फिफा वरियतामा नेपालको सुधार, एकैपटक ६ स्थान माथि चढ्यो

काठमाडौं, पुस २८ । विश्व फुटबल वरियतामा नेपालले सुधार गरेको छ । आज सावर्जजनिक वरियतामा नेपाल ६ स्थान माथि उक्लिएर १ सय ७५ औं स्थानमा पुगेको छ ।

विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल दक्षिण एसियामा चौथो स्थानमा छ । गएको महिना नेपाल १ सय ८१ औँ स्थानमा थियो ।

दक्षिण एसियामा भारत पहिलो (१२९), माल्दिभ्स दोस्रो (१४५) , अफगानिस्तान तेस्रो (१५१), नेपाल चौथो (१७५), भुटान पाँचौ (१७६), बंगलादेश छैठौँ (१९०), श्रीलंका सातौँ ९१९६० र पाकिस्तान आठौँ ९१९७० स्थानमा छ । विश्व वरियतामा अर्जेन्टिना पहिलो स्थानमा छ । ब्राजिल दोस्रो र जर्मनी तेस्रो स्थानमा छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: