अनलाईनबाट हाइड्रोमा लगानी गर्नेको ओइरो, तीनदिनमा पौने दुई अर्व जुट्यो

काठमाडौं, पुस, २८ । सरकारले अनलाईनबाट हाइड्रोमा लगानी गर्ने आवेदन खोलेपछि पौने दुई अर्व लगानी प्रतिवद्धता आएको मन्त्रालयले जानकारी दिएको छ । सोमबारदेखि खुलेको अनलाईनमा बिहिबार साँझसम्म एक अर्व ६० करोड लगानी प्रतिवद्धता प्राप्त भएको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

बिहिबार मात्रै पन्ध्रसय ५२ जनाले २३ करोड ५६ लाख ६७ हजार ६५५ रुपैयाँ लगानीको प्रतिबद्धता जनाएका छन् । सोमबार साँझदेखि खुलेको अनलाईन आवेदनमा हालसम्म अठार हजार दुईसय सात जनाले एक अर्व ५१ करोड ७० लाख रुपैयाँको लगानी गर्ने उल्लेख गरेका छन् ।

लगानी गर्नका लागि कम्पनीहरुले पनि चासो जनाएका छन् । अनलाईन खुलेको दिनदेखि आजसम्म सोह्र वटा कम्पनीले ५२ करोड अठार लाख रुपैयाँको लगानी गर्ने जनाएका छन् ।

नेपालको पानी जनताको लगानी भन्ने नाराका साथ ऊर्जा मन्त्री जनार्दन शर्माले सुरु गराएको लगानी प्रतिवद्धताले थुप्रै हाइड्रो बनाउन सक्ने बताइएको छ । ‘सर्वसाधारण जनता जलस्रोतमा लगानी गर्न खोजिरहेका छन्, हामीले लगानी सुनिश्चित गराउन पर्छ थुप्रै हाइड्रोमा लगानी जुट्छ’ मन्त्री शर्माले भने ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: