अनिल झाले भने–‘मधेसी मोर्चा चुनावमा जान्छ’

काठमाडौं, पुस २८ । मधेसी मोर्चाका नेता अनिल झाले चुनावमा जाने कुरामा मोर्चाले विरोध नगर्ने स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा भएको साक्षात्कारमा बोल्दै उनले मोर्चा चुनावको विरोधी नभएको स्पष्ट पारे ।

उनले भने– ‘हामी चुनावको विरोधी होईनौं, संशोधन विधेयक सदनमा टेबुल भएको छ, चुनाव चाहानेले त्यसलाई पारित गराउनुपर्छ ।’
झाले निर्वाचनको प्रक्रियामा आफूहरुले विरोध नगर्ने बताए ।

‘चुनावको नोमिनेशनको नाम बाहिर आउँदासम्म पनि संशोधन विद्येयक पारित भएन भनेमात्रै हामी विरोध गर्दौं, होईन भने हामी विरोध गर्दैनौं,’ उनले भने । अध्यक्ष झाले देशलाई लामो समयसम्म बन्धक बनाउन नहुँने बताउँदै मोर्चाले समस्याको निकास दिलाउने कुरामा विश्वास दिलाए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: