जेठमा स्थानीय, मंसिरमा प्रदेश र केन्द्रीय चुनाव गर्ने सरकारको तयारी

काठमाडौं, पुस २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल ‘बलदेब’ले जेठको दोस्रो हप्ताभित्रै चुनाव गर्नेगरि सरकारले दश दिनभित्र चुनावको मिति घोषणा गर्ने खुलासा गरेका छन्।

बिहीबार रिपोट्र्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले चुनावको मिति घोषणा गरेर संशोधन प्रस्ताव पारित गराउने बताए । उनले भने–‘आजको दश दिनभित्र हामी चुनावको मिति घोषणा गर्छौं, त्यसपछि संशोधन विद्येयकलाई पारित गरेर अघि बढ्छौं, राजनीतिक जटिलता संसदमा टेबुल भएको विद्येयक पारित भएपछिमात्रै हल हुन्छ।’
सकेसम्म जेठको पहिलो हप्ताभित्रै चुनाव गर्ने सरकारको तयारी रहेको जानकारी दिए ।

याे पनि पढ्नुस  देश टुक्रयाउन खोज्ने बिरुद्ध सरकारले कडा कदम चाल्नेः प्रधानमन्त्री

खनालले जेठसम्म स्थानीय तहको चुनाव गर्ने र मंसिरसम्म दुई वटा निकायको चुनाव एकचौटि गर्ने गरी सरकारले तयारी गरेको बताए ।

उनले भने–‘सरकारले संशोधन विद्येयक पारित गराएर मात्रै चुनावी प्रक्रियामा जान्छौं, सरकार अब छिट्टै निर्वाचनको मिति घोषणा गर्ने तयारीमा छ, अब सबै चुनावमा केन्द्रित हुनुपर्छ।’
उनले स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदन सरकारले बुझिसकेको उल्लेख गर्दै प्रतिवेदनलाई लिएर केही झिनामसिना मतभेद भएपनि त्यसलाई दलीय सहमतिमा टुँगो लगाएर नयाँ पूर्नसंरचनासहित चुनावमा जानुपर्नेमा जोड दिए।

याे पनि पढ्नुस  यस्तो छ प्रधानमन्त्री प्रचण्डको युएई भ्रमणको नालीबेली

संविधान कार्यान्वयन गर्ने सरकारको प्रमुख दायित्व रहेकोले त्यसको लागिपनि निर्धारित मितिभित्रै तीन वटै निकायको चुनाव गर्ने कुरामा सरकार लागिपरिरहेको उनले बताए।

उनले भने-‘आगामी ०७४ माघ ७ गतेभित्रै तीनवटै निकायको चुनाव गरेर मुलुकलाई अब आर्थिक समृद्धिको बाटोमा लैजानुपर्छ, सरकार अहिले त्यतातिर गम्भिर भएर लागिपरिरहेको छ।’

कमेन्ट गर्नुहोस्