प्रहरीको परिचय दिँदै ठगी गर्ने पक्राउ

काठमाडौँ, पुस २९ । लामो समयदेखि ‘ म अपराध अनुसन्धानमा कार्यरत प्रहरी हुँ’ भनी काठमाडौँ उपत्यकामा विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी ठगी गर्दै हिँड्ने मूलपानीका गोपीकृष्ण खतिवडालाई प्रहरीले बिहिबार पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक, सिन्धुकोट गाविस घर भई हाल काठमाडौँ बस्ने खतिवडालाई अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो । उनले विशेषतः महिलालाई प्रलोभनमा पारी ठगी गर्दै क्रममा हालसम्म छ महिलालाई ठगी गरेको खुल्न आएको महाशाखाले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: