सहज रुपमा काठ दाउरा उपलब्ध गराउन वनमन्त्रीको निर्देशन

काठमाडौँ ,पुस २९। वन तथा भूसंरक्षण मन्त्रालयले भूकम्पपीडितलाई सहज रुपमा काठ दाउरा उपलब्ध गराउन मातहतका सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

वनमन्त्री शङ्कर भण्डारीले भूकम्पपीडितलाई सहज रुपमा काठ दाउरा उपलब्ध गराउन गठित कार्यदलको प्रतिवेदन आज पारित गरी सो निर्देशन दिएका हुन्। मन्त्रालयले मुलुकभित्रको काठ प्रवद्र्धनका लागि ‘विदेशी काठ आयात हुने मापदण्ड, २०७३’ समेत पारित गरेको छ । त्यस्तै वन अनुसन्धान रणनीति, २०७३ स्वीकृत गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र वन विभागबीच वैकल्पिक ऊर्जाको प्रवद्र्धन र वन तथा वातावरणको व्यवस्थापनमा समन्वय तथा साझेदारी गर्न वन विभागलाई सहमति प्रदान गरेको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: