संविधान संशोधन प्रस्तावमा आदिबासी जनजातिको समर्थन

काठमाडौं, पुष २९ । सरकारले व्यवस्थापिका–संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावमा आदिबासी जनजाति महासङ्घले समर्थन जनाएको छ । बिहीबार नेपाल जादिबासी जनजाति महसङ्घले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी संशोधन प्रस्तावमा आफूहरुको समर्थन रहेको जानकारी गराएका हुन् ।

भेटमा महासङ्घका अगुवाहरुले संविधान संशोधनले आदिबासी जनजातिहरुको भावनाको प्रतिनिधित्व गरेको बताउँदै संसदबाट पारित हुने व्यवस्थाका लागि पहल गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

याे पनि पढ्नुस  विद्युत् चोरी रोक्न सरकार आक्रमक

भेटमा जनजाति अगुवाहरुले विगतमा भएका सहमतिको कार्यान्वयन गर्न, स्थानीय तह पूनर्संरचना आयोगबाट विशेष, स्वायत्त र संरक्षित क्षेत्रको निर्धारण गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।
भेटमा प्रधानमन्त्रीले राजनीतिक शक्ति सन्तुलनले भ्याएसम्म जनजातिका मुद्दाहरुको सम्बोधन गर्ने प्रयास गरिएको जानकारी गराउँदै प्रस्ताव पारित गर्न सबैको सहयोगको अपेक्षा गरे ।

याे पनि पढ्नुस  प्रदर्शनकारीमाथि गोली नचलाउ प्रधानमन्त्रीले निर्देशन दिएका थिए

साथै प्रधानमन्त्रीले संघीय आयोगमार्फत् सम्बोधन गर्न बाँकी जनजातिका मुद्दाहरुको अधिकतम् सम्बोधनका लागि प्रयास गरिने जानकारी दिए।

कमेन्ट गर्नुहोस्