कपास उद्योगमा आगलागी, १५ लाख क्षति

काँकडभिट्टा (झापा), पुस २९ । भद्रपुर–५ स्थित बसपार्क छेउमा सञ्चालित मेची कपास उद्योगमा आज आगलागी हुँदा रु १५ लाख बढीको क्षति भएको छ ।

रामचन्द्र सहनीले सञ्चालन गर्दै आइरहेको उद्योगमा यन्त्रबाट विद्युत् चुहावट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट रु पाँच लाख मूल्य पर्ने यन्त्र, कपास, जुट, जस्तालगायत सामग्री नष्ट भएको भद्रपुर वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले जानकारी दिए ।

भद्रपुर नगरपालिकाको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: