नेकपा (एमाले) मोरङको अध्यक्षमा ढकाल

विराटनगर,  पुस २९ । नेकपा (एमाले) मोरङको आठौँ जिल्ला अधिवेशनले अध्यक्ष पदमा विनोद ढकाललाई निर्वाचित गरेको छ ।

गएराति सार्वजनिक गरिएकोे मत परिणामअनुसार ढकालले आफ्ना प्रतिद्वन्द्वी महेश रेग्मीलाई २०६ मतको अन्तरले पराजित गरेका हुन् ।

कूल ८८३ मत खसेकामा ढकालले ५४० मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी रेग्मीले ३३४ मत प्राप्त गरेका थिए ।

त्यसैगरी, ढकालकै समूहबाट उपाध्यक्ष पदमा रामलाल साह ४६९, सचिवमा ऋषिकेश पोखरेल ५०४ र उपसचिवमा धना तामाङ ४५६ मत प्राप्त गरी विजयी भएका छन् । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: