काठमाडौं, पुस २९ । उच्च अदालतमा रिक्त रहेका ८० जना न्यायाधीशको नियुक्ती भएको छ । न्याय परिषद्को बिहिबार राती अवेरसम्म बसेको बैठकले न्यायधीस नियुक्ती गरेको हो ।
न्याय परिषद्को परिषद् अध्यक्ष समेत रहेकी प्रधानन्यायाधीश सुशीला कार्की, परिषद्का पदेन सदस्य एवं कानुनमन्त्री अजयशंकर नायक र माओवादी केन्द्र निकट परिषद् सदस्य पदम बैदिक सहभागी बैठकले मुलुकभरका उच्च अदालतमा न्यायाधीशहरुको नियुक्ती गरेको हो ।
कानून, सरकारी वकिल र न्याय प्रशासनबाट ५ जना, हालका जिल्ला न्यायाधीशहरुबाट ३४ जना, यसअघि नै पुनरावेदन अदालतहरुबाट अवकाश पाएका अतिरिक्त न्यायाधीशहरुबाट १० जना, न्याय प्रशासनका सहसचिव सरहका सहरजिष्ट्रार र कानून सहसचिवबाट ६ जना, कानून व्यवसायीबाट २५ जनालाई नियुक्त गरेको हो ।
सिफारिस भएका न्यायाधीशमा न्याय सेवाका विशिष्ट कर्मचारीबाट राजेन्द्र सुवेदी, कृष्ण गिरी, श्रीकान्त पौडेल, महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गाना रहनुभएको छ ।
त्यसैगरी, जिल्ला न्यायाधीश, न्याय र कानुन कर्मचारीबाट बालेन्द्र रुपाखेती, अजयराज उपाध्याय, बिनोद मोहन भट्टराई, भोलानाथ चौलागाईं, अच्युत बिष्ट, यज्ञराज भट्ट, शेखर पौडेल, बालचन्द्र शर्मा, ईश्वर आचार्य र रामप्रसाद अधिकारी रहनुभएको छ ।
साथै, गोपाल भट्टराई, रामप्रसाद ओली, जगतप्रसाद श्रेष्ठ, नारायणप्रसाद श्रेष्ठ, नारायण पोखरेल, भोजराज अधिकारी, रमेशकुमार खत्री, दयानाथ खरेल, शेरचन्द्र अर्याल, शालिकराम कोइराला, विष्णुप्रसाद कोइराला, लक्ष्मीकृष्ण श्रेष्ठ, कृष्णकमल अधिकारी, चिन्तामणि बराल, अनन्तप्रसाद डुम्रे, राजेन्द्रप्रसाद खरेल, ठाकुरप्रसाद शर्मा पौडेल र हरिप्रताप रहनुभएको छ ।
त्यसैगरी, कृष्णबहादुर थापा, अच्युतकृष्ण भण्डारी, ऋषि अधिकारी, बलभद्र बास्तोला, टेकनारायण कुँवर, चन्द्रबहादुर सारु, धीरबहादुर चन्द, लेखनाथ पौडेल, बिपुल न्यौपाने, नातिबाबु लामिछाने, डा रवि शर्मा अर्याल र साधुराम सापकोटाको नाम सिफारिस भएको छ ।
कानुन व्यवसायीबाट गणेशप्रसाद बराल, सीताराम मण्डल, सुदर्शनदेव भट्ट, सुवास पौडेल, जनक पाण्डे, बामदेव ज्ञवाली, श्यामजी प्रधान, गोकर्ण डाँगी, बासुदेव आचार्य, सुशीप्रसाद थारू, मुनेन्द्रप्रसाद अवस्थी, मदन पोखरेल र श्यामप्रसाद सापकोटाको नाम सिफारिस भएको छ ।
त्यसैगरी, ध्रुव राजनन्द, दुर्गाबहादुर विश्वकर्मा, टङकप्रसाद गुरुङ, हरिप्रसाद पौडेल, राकेशकुमार निधि, तेजनारायण सिंह राई, बबिता उप्रेती, रामबहादुर थापा, शकुन्तला घिमिरे, नसुरल्लाह अन्सारी, दीपेन्द्रबहादुर बम र राज्यलक्ष्मी बज्राचार्यको नाम पनि सिफारिस भएको छ ।
शुक्रवारबाट अवकाश पाउने सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश तथा न्यायपरिषद सदस्य बैजनाथ उपाध्यायले बैठकमा उपस्थित भएपनि निर्णयमा हस्ताक्षर गरेनन् । नेपाल बारको सिफारिसमा न्यायपरिषद सदस्य भएका रामप्रसाद सिटौला भने बैठकमा सहभागी थिएनन् । परिषद अध्यक्ष कार्कीसहित प्रधानमन्त्रीको सिफारिसमा सदस्य भएका पदम बैदिक र न्यायपरिषदको पदेन सदस्य हुने कानूनमन्त्री अजय शंकर नायकको बहुमतले सिफारिसको निर्णय गरेको हो ।