सुपरहिट चलचित्र ‘छक्का पञ्जा’ आजदेखि युट्युबमा (हेर्नुस पूरै चलचित्र)

काठमाडौं, पुस २९ । नेपाली चलचित्र उद्योगको सबैभन्दा धेरै कमाई गरेको चलचित्र छक्का पञ्जा युट्युब च्यानलमा हेर्न पाइने भएको छ ।
मल्टिप्लेक्स हलहरुमा गौरवमय १०० दिनको रेकर्ड बनाएको चलचित्रलाई हास्य कलाकार दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।

दीपक राज गिरी, केदार घिमिरे, जितु नेपाल, सीताराम कट्टेल लगायतका हास्यकलाकारहरुको सयुक्त लगानी रहेको चलचित्रले नेपालमा मात्रै होइन विदेशका हलमा पनि रेकर्ड बनाएको थियो । चलचित्रलाई शुक्रबारबाट युट्युबमा राखिएको छ ।

दीपक राज गिरी, केदार घिमिरे, जितु नेपाल, सीताराम कट्टेल दीपाश्री निरौला र अहिलेकी हट नायिका प्रियङ्का कार्कीको दमदार अभिनय रहेको फिल्मको कथा अभिमन्यू निरवीले लेखेका हुन् ।

पाइरेसीको चपेटमा परेपछि यसका निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्रलाई आधिकारिक रुपमा युट्युवमा राखेका हुन् ।
युट्यवमा अपलोड हुनुभन्दा अघिनै फेसबुकमा सार्वजनिक गराउने गिरोह विरुद्ध आफू लड्ने कलाकार गिरीले प्रतिवद्धता पनि जाहेर गरेका छन् । चलचित्रलाई डिजिटल राइट्स हाइलाइट्स नेपालले किनेको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: