संशोधन प्रस्ताव पारित गराउन मोर्चा र सरकारबीच सहमति

काठमाडौं, पुस २९ । सरकारले संसदमा टेबल गराएको संविधान संशोधन प्रस्तावलाई पारित गराउन मधेसी मोर्चाले सहमति जनाएको छ ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को आब्हानमा बालुवाटारमा बसेको मोर्चा र सरकारबीचको बैठकले संशोधन प्रस्ताव पारित गराउन मोर्चाले सहयोग गर्ने सहमति भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

कांग्रेसका सभापति शेरबहादुर देउवा, उप–प्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि माओवादी केन्द्रका रामबहादुर थापा, मातृका यादव सहित मधेसी मोर्चाका शीर्ष नेता महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, हृदयश त्रिपाठी सहित बसेको बैठकले छिटो भन्दा छिटो संशोधन प्रस्ताव पारित गराएर चुनावमा जानुपर्ने सहमति भएको उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: