काठमाडौं, पौष २९ । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपालमा ‘ओलीवाद’को खतराप्रति युवाहरुलाई सचेत तुल्याएका छन् ।
माघे संक्रान्तिको पूर्वसन्ध्यामा शुभकामना दिने क्रममा डा. भट्टराईले अमेरिकामा ट्रम्पवादको खतराजस्तै नेपालमा पनि ओलीवादको हावा बग्ने खतरा बढेको भन्दै युवाहरुलाई मानव समाजको अध्ययन गर्न सुझाव समेत दिएका छन् ।
“विश्व यतिबेला ट्रम्पिज्म’काृ खतरनाक हावामा बग्दैछ भने नेपालमा पनि ओलिज्मको हावा बग्ने खतरा देखिएको छ” डा. भट्टराईले आफ्नो फेसबुक भित्तामा लेखेका छन, “यसको मुख्य कारण २१ औं शताब्दीसम्म आइपुग्दा ज्ञान र विज्ञानका क्षेत्रा जुन ठूला आविस्कारहरु भएका छन्, तीबारे हाम्रो युवा पुस्ता राम्ररी परिचित नहुनु र केही निहिति स्वार्थी व्यक्तिहरुको हौवापछाडि दौडिन पुग्नु हो । उनको तर्क छ ।
डा. भट्टराईले तीनवटा पुस्तक पढ्न सुझाव दिँदै अगाडि भनेका छन् ः
हामीले यतिवेला बुझ्नुपर्ने मुख्य कुरा भनेको – हामी मानव जाति को हौं? हामी कहिले, कहाँबाट, कसरी विकसित हुँदै आयौं ? हामी विभिन्न जाति, राष्ट्र, समुदायमा कसरी विभाजित भयौं? हामी बीचको साझापन र भिन्नता के हो? मान्छेमा निजीपन र सामुहिकता कसरी उत्पति भयो र ती दुइ वीचको अन्तर्सम्बन्ध के हो? मानव जाति र मानव सभ्यता भविष्यमा कुन दिशातिर उन्मुख हुँदैछ? हामी सचेत मान्छेहरूले हाम्रो मानव जातिलाई सुखसमृद्धि सहित सुरक्षित राख्ने हो भने के गर्नुपर्ला? आदि इत्यादि!
यी सबैको उत्तर म जस्तो एउटा विपन्न ठाउँमा बस्ने मान्छेसंग हुने कुरो भएन! तर आजको सूचनासंचारको विकसित युगमा तपाइँहरूले खोज्न र पाउन सक्नुहुन्छ! त्यो दिशामा अघि बढ्न तपाईंहरूलाई यी निम्न पुस्तकहरू राम्रो रिफरेन्स बन्न सक्छन् कि? :
1. Edward O. Wilson (2012 ) The Social Conquest of Earth
2. Yuval Noah Harari ( 2014 ) Sapiens: A Brief History of Humankind
3. – do – Homo Deus: A Brief History of Tomorrow
माघे संक्रान्ति २०७३ को हार्दिक शुभकामना !