बाबुरामले भने– स्वार्थी व्यक्तिहरुको हौवा पछाडि दौडिँदा ‘ओलीवाद’को हावा बग्ने खतरा

काठमाडौं, पौष २९ । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपालमा ‘ओलीवाद’को खतराप्रति युवाहरुलाई सचेत तुल्याएका छन् ।

माघे संक्रान्तिको पूर्वसन्ध्यामा शुभकामना दिने क्रममा डा. भट्टराईले अमेरिकामा ट्रम्पवादको खतराजस्तै नेपालमा पनि ओलीवादको हावा बग्ने खतरा बढेको भन्दै युवाहरुलाई मानव समाजको अध्ययन गर्न सुझाव समेत दिएका छन् ।

“विश्व यतिबेला ट्रम्पिज्म’काृ खतरनाक हावामा बग्दैछ भने नेपालमा पनि ओलिज्मको हावा बग्ने खतरा देखिएको छ” डा. भट्टराईले आफ्नो फेसबुक भित्तामा लेखेका छन, “यसको मुख्य कारण २१ औं शताब्दीसम्म आइपुग्दा ज्ञान र विज्ञानका क्षेत्रा जुन ठूला आविस्कारहरु भएका छन्, तीबारे हाम्रो युवा पुस्ता राम्ररी परिचित नहुनु र केही निहिति स्वार्थी व्यक्तिहरुको हौवापछाडि दौडिन पुग्नु हो । उनको तर्क छ ।
डा. भट्टराईले तीनवटा पुस्तक पढ्न सुझाव दिँदै अगाडि भनेका छन् ः

याे पनि पढ्नुस  बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण

हामीले यतिवेला बुझ्नुपर्ने मुख्य कुरा भनेको – हामी मानव जाति को हौं? हामी कहिले, कहाँबाट, कसरी विकसित हुँदै आयौं ? हामी विभिन्न जाति, राष्ट्र, समुदायमा कसरी विभाजित भयौं? हामी बीचको साझापन र भिन्नता के हो? मान्छेमा निजीपन र सामुहिकता कसरी उत्पति भयो र ती दुइ वीचको अन्तर्सम्बन्ध के हो? मानव जाति र मानव सभ्यता भविष्यमा कुन दिशातिर उन्मुख हुँदैछ? हामी सचेत मान्छेहरूले हाम्रो मानव जातिलाई सुखसमृद्धि सहित सुरक्षित राख्ने हो भने के गर्नुपर्ला? आदि इत्यादि!

याे पनि पढ्नुस  'गोरखामा बाबुरामको गद्दारीले भत्कियो लाल किल्ला'

यी सबैको उत्तर म जस्तो एउटा विपन्न ठाउँमा बस्ने मान्छेसंग हुने कुरो भएन! तर आजको सूचनासंचारको विकसित युगमा तपाइँहरूले खोज्न र पाउन सक्नुहुन्छ! त्यो दिशामा अघि बढ्न तपाईंहरूलाई यी निम्न पुस्तकहरू राम्रो रिफरेन्स बन्न सक्छन् कि? :

1. Edward O. Wilson (2012 ) The Social Conquest of Earth

याे पनि पढ्नुस  चरम संकटमा नयाँ शक्ति, नयाँ संरचनाको तयारी

2. Yuval Noah Harari ( 2014 ) Sapiens: A Brief History of Humankind

3. – do – Homo Deus: A Brief History of Tomorrow

माघे संक्रान्ति २०७३ को हार्दिक शुभकामना !

कमेन्ट गर्नुहोस्