जटिल बन्दै नेपालमा बालविवाह !

नेपालगन्ज, पुस २९ । बालविवाह गर्नुहुन्न भन्ने जति नै नारा लगाउँदै हिँडेपनि नेपालमा भने बालविवाह जटिल बन्दै गइरहेको छ । प्रत्येक वर्ष नेपालमा १० वर्षमुनिका सरदर एक लाख ३८ हजार बालबालिकाको विवाह हुने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

राष्ट्रिय जनगणना, २०६८ अनुसार नेपालमा कुल बालविवाह सङ्ख्यामा पनि प्रतिवर्ष सरदर एक लाख १५ हजार बालिकाको विवाह हुने गरेको छ ।

याे पनि पढ्नुस  भारी वर्षा र हिमपातको सम्भावना रहेको मौसम विभागको चेतावनी

राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलका अनुसार १० देखि १४ वर्ष उमेरका ११ लाखभन्दा बढी बालिकाको प्रत्येक वर्ष विवाह हुने गरेको छ ।

यसैगरी, नेपालमा प्रत्येक वर्ष कुल जनसङ्ख्याको ४३ लाखभन्दा बढी १५ देखि १९ वर्षमुनिका किशोरीको विवाह हुने गरेको छ ।

याे पनि पढ्नुस  नेपाललार्इ जितका लागि नेदरल्याण्ड्सले दियाे १९० रनको लक्ष्य

बालविवाह नेपालको एक जटिल समस्या भएका कारणले यसको प्रभाव सबै क्षेत्रमा पर्ने हुँदा सम्बद्ध सरकारी तथा गैरसरकारी निकायले अनुगमन, जनवकालत तथा नागरिक शिक्षा र चेतनाको कार्यक्रम अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने अधिकारकर्मीहरुको ठहर छ ।

कमेन्ट गर्नुहोस्