अलैँचीको बिरुवा बन्यो राम्रो आम्दानीको स्रोत

काभ्रे, पुस २९। कुनै समयमा विदेश जाने तयारीमा रहेका कुसादेवीका दीपेन्द्र थापा हाल अलैँचीको बिरुवा उत्पादन गरी मनग्य आम्दानी गर्दै आएका छन् ।

तीन वर्षदेखि अलैँचीको बिरुवा उत्पादन गर्दै आएका थापाले बिरुवा बिक्रीबाट वार्षिक रु २० लाखसम्म आम्दानी गर्दै आएका छन् । सुरुवाती चरणमा बिरुवा उत्पादन गर्न निकै मिहेनत गर्नुपर्ने भएपनि यथेष्ट आम्दानी हुन थालेपछि भने काम गर्न जाँगर चल्ने गरेको उनी बताउँछन् ।

याे पनि पढ्नुस  डिप्रेसनले आत्महत्या गर्नेहरु बढ्दै, यसै अार्थिक वर्षमा ९८ जनाले गरे अात्महत्या

रु एक लाखको लगानीमा दुई रोपनी जग्गामा अलैँचीको बिरुवा उत्पादन कार्य गरी सुरु गरेको यो व्यवसाय हाल आठ रोपनी जग्गामा बिरुवा उत्पादन गर्दै आएका छन् । थापाले कृषिसम्बन्धी विभिन्न तालिम समेत लिएपछि बिरुवा उत्पादन गर्न थालेको बताउँछन् ।

“बिरुवा बिक्री गर्न बजारसम्म धाउनु पर्दैन,” उनले भने । सर्वसाधारण बिरुवा लिन घरसम्मै आइपुग्छन् । “आफ्नै देशमा नै गर्न चाहे के हुँदैन, विदेशमा भन्दा दोब्बर आम्दानी गर्न सकिन्छ,” उनले भने ।

याे पनि पढ्नुस  योे प्रदेशसभाभित्रको अधिकारको कुरा हो, मैले यसै नभनौं : प्रचण्ड

अलैँचीको बिरुवा उत्पादनबाटै उनले आठजनाको परिवार धान्दै आएका छन् । आफूले अलैँचीको बिरुवा उत्पादनको काम गर्न थालेपछि गाउँका अन्यलाई प्रशिक्षण दिएर सामूहिक बीउ उत्पादनमा जोड दिँदै आएका छन् ।

अलैँचीको एउटा बिरुवाको मूल्य रु १० सम्म पर्छ । एउटा झाङ बिरुवालाई रु २०० सम्म पर्छ । एक किलो अलैँचीको गेडाबाट रु दुई लाखसम्मको बिरुवा उत्पादन हुने थापाको भनाइ छ ।
हाल थापाले उत्पादन गरेका बिरुवाहरु काभ्रेपलोञ्चोक, सिन्धुपाल्चोक, कास्की, मकवानपुरलगायत देशका अन्य जिल्लामा समेत बिक्री वितरण हुने गरेको छ । हाल उनले नर्सरी उद्योग सञ्चालन गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्