यस वर्षको माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक

काठमाडौं, पुस २९ । यस वर्षको माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक भएको छ । यस वर्षबाट एसएलसी प्रक्रिया नहुने भएपछि त्यसकै सट्टामा हुुन लागेको परिक्षाको तालिका सार्वजनिक गरिएको हो ।

माध्यमिक शिक्षा परीक्षा आगामी चैत ३ गतेबाट सुरु हुने भएको छ । विगतका वर्षहरुमा प्रवेशिका परीक्षा एसएलसी हुने गरेकामा यस वर्षबाट माध्यमिक शिक्षा परीक्षा हुने भएको हो ।

याे पनि पढ्नुस  वैशाख १० गतेदेखि कक्षा १२ को परीक्षा सुरू

सरकारले शिक्षा ऐनको आठौँ संशोधन गरेपछि १० कक्षामा हुने एसएलसी परीक्षा नहुने भएको हो । अब १२ कक्षाको परीक्षा अन्तिम परीक्षाका रुपमा सञ्चालन हुनेछ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले चैत ३ देखि १४ गतेसम्म परीक्षा लिने भएको हो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।
सरकारले गएको वर्षदेखि लेटर ग्रेडिङ प्रणालीअनुसार परीक्षाफल सार्वजनिक गरेको छ । जसअनुसार ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डि, इ र एन श्रेणी छुट्याइएको छ ।

याे पनि पढ्नुस  वैशाख १० गतेदेखि कक्षा १२ को परीक्षा सुरू

परिक्षा तालिकाका लागि

slc_2073_routine

कमेन्ट गर्नुहोस्