एलजीले बजारमा ल्यायो ‘इन्ज्वाई टिभी’

काठमाडौं, पौष २९ । प्रसिद्ध टेलिभिजन कम्पनी एलजी ब्राण्डले नयाँ मोडेलका टेलिभिजन बजारमा भित्र्याएको छ ।

कम्पनीले दिएको जानकारी अनुसार “तपाईको जीवनमा अतुलनीय खुशी ल्याउने “Bringing Real JOY in your Life” नारा दिएर कम्पनीले उक्त टेलिभिजन बजारमा सार्वजनिक गरेको हो ।

नयाँ सार्वजनिक गरिएको टेलिभिजन अन्य कम्पनी तथा ब्राण्ड भन्दा बिलकुल फरक र अतुलनिय रहेको कम्पनीको दावी छ । टेलिभिजनको कलर एक्युरेसी, फिचर, बृहत साइज, प्रष्ट तस्वीर, मेटालिक डिजाइन, एन्टी शक स्क्रिनलगायतका नयाँ फिचर यसमा रहेका छन् । यसका ३२” र त्यस माथिका सबै मोडेलका टिभीहरुमा आएपिएस क्ष्एक् प्यानलहरु रहेका छन् । कम्पनीले दर्शकलाई भरपुर मनोरञ्जन दिनुका साथै सबै दृष्किोणबाट कोलाहल, प्रकाश आदीबाट सुरक्षित र स्वतन्त्रता महशुस गराउने बताएको छ ।

यो सेटमा विभिन्न अनौठा र नयाँ नयाँ गेमहरु पनि डाउनलोड या सेटिङ्ग गरेर हेर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्