‘एलोफिभर’ले लियो ब्राजिलमा तीसको ज्यान

ब्राजिल, पुस २९। ब्राजिलमा विगत एक हप्तादेखि फैलिएको ‘एलोफिभर’का कारण मर्नेको संख्या तीस पुगेको छ । ब्राजिलियाली राज्य मिन जर्ममा फैलिएको सो ‘एलो फिभर’को संक्रमण अत्याधिक बढ्दै गएको त्यहाका स्वास्थ्य अधिकारीले बताएका छन् ।

हालसम्म कम्तिमा ३० जनाको मृत्यु भइसकेको स्वास्थ्य सचिवालयले जनाएको छ भने बिरामीका अन्य दश नमूनामा उक्त रोगको सङ्क्रमण पुष्टी भएको छ साथै साथै १०० भन्दा बढी शङ्कास्पद बिरामी भेटिएका छन् ।

‘एलो फिभर’ एक प्रकारको कडा भाइरलको सङक्रमणबाट विकशित हुने रोग हो । यदी उक्त भाइरलको सङ्क्रमणपछि एक हप्ताभित्र बिरामीले उपचार नभएमा बिरामीको जीवन अत्यन्तै जोखिममा पर्छ । यो भाइरस बाँदरका प्रजातिमा प्रायः देखिने गर्छ ।

मानिसमा भने यो रोग ‘एलो फिभर’को भाइरसबाट सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ ।

कमेन्ट गर्नुहोस्