‘छक्का पञ्जा’ पाइरेसी गरेका आरोपितले गरे आत्महत्या

काठमाडौं, पुस २९। चर्चित चलचित्र ‘छक्का पन्जा’को पाइरेसी गरेको आरोप लागेका एक युवकले हिजो साँझ आत्महत्या गरेका छन् ।

नवलपरासी घर भई हाल काठमाडौं–९ भिमसेनगोला बस्दै आएका २५ वर्षीया कृष्ण सुवेदीले बिहीबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् । उनले आफ्नो डेरामा सिलिङमा रहेको फ्यानमा गलबन्दीको पासो लगाएर आत्महत्या गरेका हुन् । मर्नुअघि उनले कागजमा आफ्नो मृत्युको दोष कसैलाई नदिन र आफ्नो बैंक खातामा रहेको एक लाख रुपैयाँ आफ्नी बहिनीलाई दिनु भनिएको छ ।

सुवेदीको शवलाई उनका परिवारले बुझेका छन् । नवलपरासीबाट परिवार आएपछि मात्रै शुक्रबार विहान मुचुल्का गरिएको छ र शव आफन्तले बुझेको प्रहरीले जनाएको छ ।

केही समयअघि मात्रै चलचित्र पाइरेसीबारे उनीसहित चार जनालाई अनुसन्धानका क्रममा महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको थियो । समान्य सोधपुछपछि उनी पाइरेसीमा संलग्न नभएको प्रमाणित भएपछि उनी रिहाई भएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: