बेइजिङ, पौष २९ । अमेरिका र चीनबीच फेरी विवाद बढ्न थालेको छ । चीनले अमेरिकालाई धम्की दिँदै आफ्नो सार्वभौम अधिकारमाथि अमेरिकी हस्तक्षेप भए कडा प्रतिकार गर्ने जनाएको छ ।
दक्षिण चीन समुद्रका कतिपय टापु आफ्नो अधीनमा रहेको र त्यहाँ जान कसैले रोक्न नसक्ने जनाउँदै चीनले अमेरिकाले साउथ चाइना सीमा जानबाट रोकेमा ठूलो युद्धको सामना गर्नुपर्ने चेतावनी दिएको हो ।
ट्रम्प प्रशासनमा विदेश मन्त्री पदका लागि प्रस्तावित रेक्स टिलरसनको रणनीतिको जवाफमा यो प्रतिक्रिया आएको हो ।
टिलरसनले बिहिबार सिनेटको विदेश सम्बन्धि जोडिएको समितिको अगाडि आफ्नो रणनीति प्रस्तुत गरेका थिए । उनले विवादित साउथ चाइना सीमा चीनको आवागमनमा प्रतिबन्ध लगाउनुपर्ने धारणा राखेका थिए ।
अमेरिकी विदेश मन्त्रालयले चीनलाई घेर्ने रणनीतिका विरुद्ध चीनको ग्लोबल टाइम्समा एउटा सम्पादकीय प्रकाशित भएको छ । चीनको सरकारी अखबारका रुपमा समेत लिइने यो सम्पादकीयमा अमेरिकाले दक्षिण चाईना समुद्रमा चीनलाई रोक्न खोजेमा ठूलो युद्ध हुने कुरालाई कसैले रोक्न नसक्ने जनाएको छ । अमेरिकी कंग्रेसले टिलरसनको प्रस्तावलाई भिटो लगाएर रोकेन भने यसले नराम्रो परिणाम निम्तिने देखिन्छ ।