नेता कँडेलले दिए ५० महिलालाई पोशाक

परासी, पुस २९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले आमा समूहका ५० महिलालाई पोशाक वितरण गरेका छन् ।
नवलपरासीको जहदास्थित मझेरी आमा समूहका ती ५० जना सदस्यहरुलाई नेता कँडेलले पोषाक प्रदान गरेका हुन् ।

आमा समूहलाई पोशाक वितरण गर्दै नेता कँडेलले  समाज परिवर्तनमा महिला पुरुषको समान हक रहेको बताएका छन् । यस आमा समूहले उक्त क्षेत्रका सामाजिक कुरिती र अपराधहरुलाई न्युनिकरण गर्नमा सहयोग गर्ने अपेक्षा राखेको उनले बताए ।

याे पनि पढ्नुस  नेपालकै पहिलो परासर प्रतीक कुम्भ मेला शुरु

उनले भने, ‘जसरी यसका सदस्य पोशाकमा झल्किनेछन्, त्यस्तै यस क्षेत्रको सामाजिक र संस्कृति झल्काउनमा पनि तपाईहरुको महत्वपूर्ण सहयोग रहने आश गरेको छु ।’

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कँडेलको प्रमुख अतिथ्यितामा आमा समूहकी अध्यक्ष रेवती बरालको अध्यक्षता रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथि एवं नेपाली कांग्रेस जिल्ला सभापति विष्णु लामिछाने, नेका पुर्व उपसभापति दिपप्रसाद लोहनी, गाविस सचिव गणेश पौडेल स्थानिय समाजसेवी दिपक बराल लगायतले मन्तब्य राख्नु व्यक्त गरेका थिए ।

याे पनि पढ्नुस  अभावमा गुज्रदै बुलिङटार गाउँपालिका

९ महिना अगाडी गठन गरिएको यस आमा समूहले बालबालिका तथा जेष्ठनागरिकलाई मनोरन्जन एवं शान्तिपूर्ण वातावरण दिनका लागि लागिपरेको छ । जहदामै एक पार्क निर्माण गर्ने योजना बनाएको र हाल त्यही निर्माण कार्यमा जुटेको समूहकी अध्यक्ष रेवती बरालले बताइन् ।

८ कट्टा सार्वजनिक जग्गामा सो पार्क निर्माणका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट ७० हजार रुपियाँ संकलन गरिएको र जग्गाको तारबार र वृक्षारोपण समेतको कार्य भइसकेको उनले बताइन् ।

कमेन्ट गर्नुहोस्