लामो दुरीमा साझाले भाडा घटायो

काठमाडौं, पुस २९ । लामो दुरीमा साझा यातायातले २० प्रतिशतले भाडा घटाएको जनाएको छ । यात्रुलाई राहत दिन भन्दै छुटको व्यवस्था गर्न लागेको साझाका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले बताए ।

साझाले गएको असोज १८ गतेदेखि उपत्यका बाहिरको तीवटा रुटमा बस सञ्चालन थालेको हो ।

नयाँ भाडादर अनुसार काठमाडौंबाट बाग्लुङका लागि ४ सय ४२ रुपैयाँ लाग्नेछ । त्यस्तै कुस्मा(पर्वत)का लागि चार सय र पोखराका लागि ३ सय १२ रुपैयाँ लाग्नेछ ।

यसैगरी सुनौली र भैरहवाका लागि ४ सय ८ रुपैयाँ र बुटवलका लागि ३ सय ७८ तथा वीरगन्जका लागि ३ सय ९२ र हेटौँडाका लागि ३ सय २८ रुपैयाँ कायम गरिएको पाण्डेले जानकारी दिए ।

शनिबारदेखि लागु हुने नयाँ भाडादर अर्को सूचना प्रकाशित नगरेसम्म कायम रहने उनले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: