मधेसी मोर्चालाई ज्ञवालीको चुनौति–‘जनादेश लिएर संविधान संशोधन गर्नुस्’

भक्तपुर, पुस २९ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मधेसी मोर्चाका नेतालाई निर्वाचनबाट ताजा जनादेश लिएर आफू अनुकूल संविधान संशोधन गर्न सुझाव दिएका छन् ।

रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले निर्वाचनले नै सबैको उद्देश्य पूरा गर्ने भएकाले यसको उपयोग गर्न मोर्चालाई आग्रह गर्नुभयो । सचिव ज्ञवालीले चुनावमा जान डराएर पछाडि बसे मधेसी मोर्चा इतिहासमा मात्र सीमित हुने तर्क गरे ।

याे पनि पढ्नुस  वाम एकताको कम्पनले हल्लिएकाहरू कम्युनिष्टसित अधिनायकवादको कुरा गर्दै छन : ज्ञवाली

उनले संविधान कार्यान्वयनको पहिलो पाटो यसको संशोधन नभएर निवार्चन भएको र निर्वाचन नै सबैको मिलन विन्दु भएको चर्चा गरे ।

संशोधन विधेयक प्रतिपक्षलगायतका दलको विरोधका माझ पनि होहल्लामा टेबल गर्नु संसद्को मर्यादाको विपरित भएको जिकिर गर्दै सचिव ज्ञवालीले मन्त्री पदको लोभमा संविधान संशोधन गर्ने रणनीतिले संसद्मा द्वन्द्व बढ्ने बताए । सङ्घीयतालाई विफल पार्ने काम विभिन्न शक्ति केन्द्रबाट भइरहेको आरोप लगाउँदै उहाँले मधेसी मोर्चाकै कारण सङ्घीयताबारे गलत भ्रम फैलिएको आरोप लगाए ।

याे पनि पढ्नुस  नेपालले हासिल गरेका उपलब्धि विश्वसमक्ष प्रस्तुत गर्न आवश्यक : मन्त्री ज्ञवाली

सरकारले निर्वाचनको बाटो छाडेर संविधान संशोधनको बहानामा देशलाई द्वन्द्वमा लान खोजिरहेको टिप्पणी गर्दै उनले सो प्रस्तावको हरेक पक्षबाट प्रतिकार गरी विफल पार्ने चेतावनी दिए ।

कमेन्ट गर्नुहोस्