घुम्ती शिविरबाट पाँच सयलाई नागरिकता

चौतारा, माघ १ । सेवाग्राहीलाई गाउँघरबाटै सुविधा प्रदान गर्ने उद्देश्यले सिन्धुपाल्चोकको ठोकर्पा गाविसमा आयोजित एकीकृत घुम्ती शिविरबाट पाँच सय ३८ जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ ।

जिल्लास्थित सरकारी कार्यालयद्वारा बिहीबार आयोजित शिविरबाट ठोकर्पा, कालिका, यमुनाडाँडा, सुनखानी र लिसङ्खुसहित पाँच गाविसका बासिन्दालाई विभिन्न सेवा प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

टाढाटाढाबाट आएका सेवाग्राहीलाई ध्यानमा राखी चिसोको समेत पर्वाह नगरी राति ९ बजेसम्म बसेर सेवा प्रदान गरिएको कामु प्रजिअ अन्तरबहादुर सिलवालले बताए। रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: