‘हो म फेरीएकी छु, फर्कीएकी छु, आफ्नै पारामा’

‘हो म फेरीएकी छु ,फर्कीएकी छु,
आफ्नै स्वभावमा, आफ्नै रुपमा । ’

खडेरीको लेपहरुले विलाएका यी ओठहरु,
फेरी मन्द मुस्कुराउन थालेछन् ।

निरासाका बेगहरुले थुनिएका यी नयनहरु,
फेरी आफनै प्रकाश छर्न थालेछन् ।

जर्रजर्र परेर गुट्मुटीएका यी केशहरु,
फेरी बताससंग भलाकुसारी गर्न थालेछन् ।

थकित भई दुनियाँसंग एक्लिएका यी पाइलाहरु
एकाएक स्वतन्त्रताको लागि चल्न थालेछन् ।

कठोर हृदयमा पनि अब प्रेमको अंकुर पलाउनु थालेछन् ।
यस्तै यस्तै अनेक परिवर्तनले म आफैँलाई ‘आफुँ’ महसुस गर्दैछु ।

‘हो म फेरीएकी छु, फर्कीएकी छु । आफ्नै पारामा । ’

कमेन्ट गर्नुहोस्

%d bloggers like this: