उर्जा समिटमा भाग लिन प्रधानमन्त्री युएई प्रस्थान गर्दै, नेपाली श्रमिकको समस्याका लागि उच्चस्तरीय छलफल हुने (पूर्ण कार्यक्रमसहित)

काठमाडौं, माघ १ । उर्जासँग सम्बन्धित अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन तथा नेपाली श्रमिकहरुको समस्याबारे सम्बन्धित देशका प्रमुखहरुसँग छलफल गर्न प्रधानमन्त्री प्रचण्ड आजदेखि ३ दिने भ्रमणमा खाडी मुलुकतर्फ प्रस्थान गर्दैन् ।

खाडी मुलुक भ्रमणमा प्रधानमन्त्री यसै साता “भविष्यमा उर्जा” विषयमा आयोजना हुने विश्व समिटमा भाग लिन प्रधानमन्त्री आज अपरान्ह खाडी मुलुकको आबुधाबी पुग्ने कार्यक्रम छ ।

प्रधानमन्त्री सचिवालयले दिएको जानकारी अनुसार, प्रधानमन्त्रीले भोली माघ २ गते संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति तथा प्रधानमन्त्री शेख मोहम्मद बिन रशिन अल माक्तौमसँग भेटघाट गर्ने छन् । साँझ ७ बजे दुबईमा हुने भेटका अवसरमा प्रधानमन्त्रीले नेपाल तथा युएइबीच व्यापार र लगानीका क्षेत्रमा थप सम्बन्ध सुधार गर्न तथा नेपाली श्रमिकहरुका समस्याका बारेमा छलफल गर्ने छन् ।

याे पनि पढ्नुस  मन्त्रीपरिषदको बैठक रोकेर प्रचण्ड ओली निवास बालकोटमा

प्रधानमन्त्री कार्यालयका अनुसार, उक्त औपचारिक वार्ता अपरान्ह ४ देखि साँझ ७ का बीचमा हुने भनिएको छ तर समय अझै निश्चित हुन बाँकी छ । औपचारिक वार्ता ४ बजे नै शुरू भए वार्ता पछि र वार्ता ढिलो शुरू हुने भए वार्ता अघि वुर्ज खलिफा टावर भ्रमणको कार्यक्रम मिलाइने छ ।
वार्ताको समय निश्चित भएपछि राजदूतावासले नेपाली समुदायका सदस्यहरूसँग समन्वय गरेर नेपालीहरूसँगको भेटघाटको कार्यक्रम तय हुनेछ ।
प्रधानमन्त्रीले सोही दिन नेपाली समुदायसँग छलफल गर्नेछन् ।

याे पनि पढ्नुस  झापा ‘धान सुपर जोन’ जिल्ला घोषणा, प्रधानमन्त्रीले गरे उद्घाटन (फोटो फिचर)

माघ ३ गते प्रधानमन्त्रीले वल्र्ड फ्युचर इनर्जी समिटमा मुख्य वक्ताका रुपमा आबुधाबीमा सम्बोधन गर्नेछन् । उर्जाका क्षेत्रमा विश्वमा देखिएको संकट, उर्जाको विकासमा गरीब तथा अल्पविकसित देशहरुले भोग्नुपरेका चुनौती र नेपालमा उर्जा क्षेत्रमा वैदेशिक लगानीका सम्भावनालगायतका विषयमा प्रधानमन्त्रीको सम्बोधन केन्द्रीत हुने छ ।

याे पनि पढ्नुस  मानेन एमाले, जुटेन सहमति, सरकारले सहमतिका लागि फेरी प्रयास गर्ने

सोही दिन प्रधानमन्त्रीले संयुक्त अरब इमिरेट्सका सैन्य प्रमुख तथा राजकुमार शेख मोहम्मद बिन जायेद अल नाह्यानसँग भेट गर्नेछन् । यसैगरी उनले राष्ट्रपति मामिलासम्बन्धी मन्त्री तथा उपप्रधानमन्त्री शेख मन्सुर बिन जायाद अल नाह्यानसँग समेत भेट गर्नेछन् ।

उर्जा सम्मेलनपछि प्रधानमन्त्रीले आबुधाबीमा रहेका नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम रहेको छ । सोही साँझ आबुधाबीमा नेपाल राजदूतावासले आयोजन ागर्ने डिनरमा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्ड माघ ४ गते स्वदेश फर्किनेछन् ।

कमेन्ट गर्नुहोस्