अज्ञात समूहद्धारा धारिलो हतियार प्रयोग गरी हत्या

गौशाला, माघ १ । महोत्तरी जिल्ला, हतिसर्वा गाविसमा गएराति अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी अञ्जनीकुमार मिश्रको हत्या गरेको आरोप लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार गए राति करिब १० बजेतिर हतिसर्वा–७ बस्ने २५ वर्षीय मिश्रको हत्या भएकोक हो ।

याे पनि पढ्नुस  मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या

राति आफ्नै घरमा बसिरहेका उनलाई सात आठ जनाको समूहमा आएका अज्ञात व्यक्तिले धारिलो हतियारसहित आक्रमण गरी उनलाई गम्भीर घाइते बनाएर भागेका थिए ।

गम्भीर घाइते मिश्रलाई परिवारजनले उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा लगेकामा गए राति १२ बजेतिर उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक उपाध्यायले बताए । हत्याराको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्