अमेरिकी राष्ट्रपति ट्रम्पले रुस र चीनसँग सहकार्य गर्ने !

रुसमाथि लगाइएको प्रतिबन्ध केही समयपछि हट्ने !

एजेन्सी, माघ १ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रुस तथा चीनसँग मिलेर काम गर्न चाहेको बताएका छन् ।

राष्ट्रपतीय चुनावमा भएको ह्याकिङको विषयलाई लिएर रुसमाथि लगाइएको प्रतिबन्ध तत्कालका लागि जारी रहेने तर केही समयपछि भने त्यो हट्ने ट्रम्पले बताए । सिनेटको कमिटिले अमेरिकी चुनावमा रुसी साइबर आक्रमणबारे छानबिन गरिहेको छ । यही बेला ट्रम्पको यस्तो भनाई आएको हो ।

याे पनि पढ्नुस  अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध अविश्वास प्रस्ताव

वाल स्ट्रिट जर्नलसँग राष्ट्रपतिमा निर्वाचित ट्रम्पले आफू रुस र चीनसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताएका हुन् । रुसले इस्लामिक बिद्रोही विरुद्धको कारवाही अभियानमा अमेरिकालाई सहयोग गरेमा उसमाथि लागेको प्रतिबन्ध हट्ने ट्रम्पले बताउनुभयो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग चाँडै नै भेट गर्ने पनि ट्रम्पले बताए ।
यस्तै एक चीन नीतिका बारेमा पनि छलफल आवश्यक रहेको उहाँको भनाई छ । सहकार्यका लागि चीनले अमेरिकी कम्पनीलाई प्रतिस्पर्धाको मौका दिनुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्