अष्ट्रेलियामा तीन सातासम्म धुर्मुस सुन्तली साँझ हुने

अष्ट्रेलिया, माघ १ । अष्ट्रेलियामा चर्चित कलाकारद्धय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ सम्मिलित ‘धुर्मुस–सुन्तली साँझ’हुने भएको छ ।

अष्ट्रेलियाको सिड्नी, मेलबर्न र ब्रिसबनमा ३ सातासम्म हुन लागेको कार्यक्रममा कलाकारद्वयलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको आयोजकले जानकारी दिएको छ ।
आयोजकका अनुसार सिड्नीमा यही शनिबार कार्यक्रम आयोजना हुँदैछ भने मेलबर्नमा २९ तारिख र ब्रिसबनमा फेब्रुअरी ४ तारिखमा आयोजना हुँदैछ ।

सिड्नीमा रहेको गजबको इभेन्टसले आयोजना गर्न लागेको धुर्मुस सुन्तली साँझमा उनीहरुका साथै गायक भरत सिटौला र दीपक आचार्य ‘बाङ्गे बा’को समेत प्रस्तुति रहनेछ । कार्यक्रमबाट संकलित रकम धुर्मुस सुन्तली फाउण्डेसनको सहयोगार्थ खर्च गरिने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा स्थानीय गायकगायिकाहरु समीर आचार्य, ईश्वर पोखरेल, सञ्जीव पराजुली, मोक्षदा सिलवाल, सुजन पोखरेलले गायन प्रस्तुत गर्नेछन भने सिड्नीमा नेपाली नृत्यको प्रबर्द्धन गरिरहेको नृत्य समूह द नेक्स्टले समेत आफ्नो प्रस्तुति देखाउनेछन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: