एकै दिन आठ खेल हुने

काठमाडौं, माघ १ । इङ्गलिस प्रिमियर लिग फुटबलमा एकै दिन आठ खेल हुने भएका छन् ।

शनिबार साँझ हुन गइरहेको सो प्रतियोगिता नेपाली समय अनुसार बेलुकी सबा ६ बजे टोटनहाम हट्स्परले वेष्टब्रमविच आल्बियनसँग खेल्ने छ ।

पौने ९ बजे बर्नले र साउथहाम्पटन, हलसिटी र बर्नमाउथ, सण्डरल्याण्ड र स्टोक सिटी, स्वान्सी सिटी र आर्सनल, वाटफर्ड र मिडल्सब्रो तथा वेष्टहाम युनाइटेड र क्रिष्टल प्यालेस भिड्ने छन् ।

प्रिमियर लिग अन्तर्गत आजै राती सबा ११ बजे हुने खेलमा लेष्टर सिटीले घरेलु मैदानमा चेल्सीको सामना गर्ने छ ।

जारी प्रिमियर लिग फुटबलमा २० औ चरणका खेलहरु ४९ अंक जोडेको चेल्सी शिर्ष स्थानमा छ भने, ४४ अंक जोडेको लिभरपुल दोस्रो र समान ४२ अंक जोडेकाे टोटनहाम र म्यान्चेष्टर सिटी क्रमशः तेस्रो तथा चौथो र ४१ अंक जोडेको आर्सनल पाँचौं स्थानमा छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: